सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल « Khabarhub

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो एक सय दिनमा संस्थागत तथा नीतिगत सुधारका क्षेत्रमा अपेक्षाकृत उपलब्धि हासिल गरेको बताएका छन् ।

सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले सुशासन, सेवा प्रवाहमा सरलीकरण, मितव्ययिता र जवाफदेहिता अभिवृद्धिका लागि आवश्यक सुधारात्मक कदम चालिएको जानकारी दिए।

उहाँले सबै मन्त्रालयबीचको समन्वय र सहकार्यका कारण सुशासन प्रवर्द्धनमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै सरकारले नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरेको बताए।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालको संयोजन रहेको थियो। कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयले पहिलो एक सय दिनमा गरेका काम र उपलब्धिबारे जानकारी दिँदै सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिएका थिए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : १२ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६