चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली « Khabarhub

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही भाष्य’ निर्माण गरी घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको डटेर सामना गर्ने बताएका छन्।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई अलोकप्रिय बनाउने उद्देश्यले विभिन्न भ्रम र प्रचार गरिएको दाबी गरे। उनले यस्ता गतिविधिविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिने बताए।

अध्यक्ष ओलीले वर्तमान सरकार ‘चटक’को भरमा बनेको टिप्पणी गर्दै यही शैलीका कारण सरकार लामो समय टिक्न नसक्ने दाबी गरे।

सुकुम्बासी व्यवस्थापनका विषयमा बोल्दै उनले आफू नेतृत्वको सरकारले भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिरहेको अवस्थामा अदालतले सम्बन्धित आयोग नै खारेज गरेकाले प्रक्रिया रोकिएको बताए। त्यस विषयमा वास्तविकता जनतासामु स्पष्ट रूपमा लैजान नसक्नु पार्टीको कमजोरी भएको उनले स्वीकार गरे।

पार्टीभित्र र बाहिरबाट उठ्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै ओलीले आफू ५७ वर्षदेखि जेल, संघर्ष र राजनीतिक यात्रामार्फत पार्टी निर्माणमा निरन्तर लागेको उल्लेख गरे। पार्टीको नेतृत्वमा रहेकाले सफलता र असफलता दुवैको जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै उनले पार्टी सफल हुँदा सबैले श्रेय लिने तर चुनौती वा विरोध बढ्दा सबै दोष अध्यक्षमाथि मात्र थोपर्ने प्रवृत्ति उचित नभएको बताए।

अध्यक्ष ओलीले लोकतन्त्रविरोधी र देशविरोधी गतिविधि बढाउन खोजिएको आरोप लगाउँदै समाजमा फैलाइएका भ्रम र अन्योल चिर्न पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जनतामाझ जान निर्देशन दिए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : २२ बजे

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही