चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली « Khabarhub

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही भाष्य’ निर्माण गरी घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको डटेर सामना गर्ने बताएका छन्।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई अलोकप्रिय बनाउने उद्देश्यले विभिन्न भ्रम र प्रचार गरिएको दाबी गरे। उनले यस्ता गतिविधिविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिने बताए।

अध्यक्ष ओलीले वर्तमान सरकार ‘चटक’को भरमा बनेको टिप्पणी गर्दै यही शैलीका कारण सरकार लामो समय टिक्न नसक्ने दाबी गरे।

सुकुम्बासी व्यवस्थापनका विषयमा बोल्दै उनले आफू नेतृत्वको सरकारले भूमिहीन र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरिरहेको अवस्थामा अदालतले सम्बन्धित आयोग नै खारेज गरेकाले प्रक्रिया रोकिएको बताए। त्यस विषयमा वास्तविकता जनतासामु स्पष्ट रूपमा लैजान नसक्नु पार्टीको कमजोरी भएको उनले स्वीकार गरे।

पार्टीभित्र र बाहिरबाट उठ्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै ओलीले आफू ५७ वर्षदेखि जेल, संघर्ष र राजनीतिक यात्रामार्फत पार्टी निर्माणमा निरन्तर लागेको उल्लेख गरे। पार्टीको नेतृत्वमा रहेकाले सफलता र असफलता दुवैको जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै उनले पार्टी सफल हुँदा सबैले श्रेय लिने तर चुनौती वा विरोध बढ्दा सबै दोष अध्यक्षमाथि मात्र थोपर्ने प्रवृत्ति उचित नभएको बताए।

अध्यक्ष ओलीले लोकतन्त्रविरोधी र देशविरोधी गतिविधि बढाउन खोजिएको आरोप लगाउँदै समाजमा फैलाइएका भ्रम र अन्योल चिर्न पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा जनतामाझ जान निर्देशन दिए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : २२ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको