एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित) « Khabarhub

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा भएका अधिकृतहरूले आगामी साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट प्रचलित नियमअनुसार तलब, भत्ता तथा राशन बुझ्ने व्यवस्था मिलाइएको पनि प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम गरिएको सरुवाको विवरण सम्बन्धित कार्यालयहरू तथा राष्ट्रिय किताबखाना (प्रहरी)मा पठाइसकिएको छ। यस सरुवाअन्तर्गत विभिन्न गण, गुल्म तथा अन्य इकाइमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ९ : ३६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२