काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा « Khabarhub

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ । विभागका अनुसार आज राति अभिलेख भएको वर्षा मापनमा पछिल्लो २४ घण्टामा काठमाडौँको कीर्तिपुरमा ७५ मिलिमिटर र बबरमहलमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै, काठमाडौँको बूढानीलकण्ठमा ४४, सुन्दरीजलमा ३० र नागर्जुनमा ३६ मिलिमिटर वर्षा भएको छ । यस्तै, ललितपुरमा ११ र भक्तपुरमा २८ मिलिमिटर वर्षा भएको छ । यस्तै, सोलुखुम्बु र सङ्खुवासभामा पनि भारी वर्षा भएको छ । रुकुम पश्चिममा ५९, दाङमा ६७, कास्कीमा ६१, सिन्धुपाल्चोकमा ६५ र लमजुङमा ५३ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै, दैलेख, जाजरकोटर जुम्ला, कालीकोट, प्यूठानलगायत जिल्लामा पनि भारी नजिक वर्षा भएको छ । अहिले पनि काठमाडौँ, बझाङ, पर्वत, सिन्धुपाल्चोकलगायत जिल्लामा वर्षा भइरहेकै छ । आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जानकारी दिएको छ । भोलि आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  १० : १२ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको