अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध « Khabarhub

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही असार १७ गते परेको वर्षाका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको पहिरोले जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको छ ।

त्यसैगरी, आज असार २० गते रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलावाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराही–रुकुम सहिदमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएको उल्लेख गर्दै अवरुद्ध सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको जानकारी दिए ।

नेपाल प्रहरीले पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गमा सडक सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा अत्यधिक सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरीले वर्षायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्राअघि सम्बन्धित सडकको अवस्थाबारे प्रहरी, प्रशासनसँग जानकारी लिएरमात्र यात्रा गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ११ : ०६ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र