आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै « Khabarhub

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् ।

मुलुकको वित्तीय अवस्था र मौद्रिक उपकरणको व्यावहारिक कार्यान्वयनबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका उच्च अधिकारीलाई मन्त्रालयमा डाकेका हुन् । केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमितजसो भेटघाट हुने गरे पनि कार्यकारी निर्देशकसँगै मन्त्रीस्तरीय छलफल हुन लागेको हो ।

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको सल्लाह र समन्वयमै यो छलफल आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ । छलफल बुधबार बिहान अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा सुरु हुँदैछ ।

अर्थतन्त्रको विद्यमान अवस्था, मौद्रिक नीतिको प्रभावकारिता र आगामी दिशाबारे नीतिगत स्पष्टता ल्याउन यो बैठक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ८ : ५० बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल