आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै « Khabarhub

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्ने भएका छन् ।

मुलुकको वित्तीय अवस्था र मौद्रिक उपकरणको व्यावहारिक कार्यान्वयनबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकका उच्च अधिकारीलाई मन्त्रालयमा डाकेका हुन् । केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँग नियमितजसो भेटघाट हुने गरे पनि कार्यकारी निर्देशकसँगै मन्त्रीस्तरीय छलफल हुन लागेको हो ।

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको सल्लाह र समन्वयमै यो छलफल आयोजना गरिएको अर्थ मन्त्रालयले जनाएको छ । छलफल बुधबार बिहान अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा सुरु हुँदैछ ।

अर्थतन्त्रको विद्यमान अवस्था, मौद्रिक नीतिको प्रभावकारिता र आगामी दिशाबारे नीतिगत स्पष्टता ल्याउन यो बैठक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ८ : ५० बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी