नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ? « Khabarhub

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली सेलिब्रिटीहरूले उनीसँगका फोटो सार्वजनिक गर्दै श्रद्धाञ्जिली दिइरहेका छन् ।

उनको निधनको खबर पनि भारतीय सञ्चारमाध्यमहरूले भन्दा पहिला नेपालीले प्रकाशित गरेका थिए ।

ब्लड क्यान्सरका कारण ७४ वर्षको उमेरमा प्रदीपले मुम्बईंको एक अस्पतालमा मंगलबार प्राण त्यागेका थिए ।

नेपाली कलाकार र सिने पत्रकारहरूले निकटता देखाउँदै उनलाई श्रद्धाञ्जिली दिइरहेका छन् । धेरै सेलिब्रिटीले उनीसँग फोटो खिचाएका छन् ।

यसको कारण प्रदीपले नेपाली फिल्मप्रति देखाएको माया हो । उनले नेपाली सिनेमा विकासका लागि योगदान दिएका थिए । उनी नेपालमै आएर दुई नेपाली फिल्ममा अभिनयसमेत गरेका छन् ।

प्रदीपले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ हो । दोस्रो फिल्म ‘आबाट आमा’ हो । यो सुपरहिट नेपाली फिल्म हो ।

यी दुई फिल्मका लागि प्रदीप नेपाल नै आएका थिए । यही क्रममा उनीसँग नेपाली सेलिब्रिटी तथा पत्रकारहरूको भेट भएको हो ।

उनलाई नेपालीले माया देखाउँदै दिएको श्रद्धाञ्जली र आत्मीयता दुई देशबीचको निकटता पनि झल्काएको । जीवनको उत्तरार्द्धमा उनले नेपालीको माया पनि पाए ।

अलबिदा प्रदीप रावत !

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ०२ बजे

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार