नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ? « Khabarhub

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली सेलिब्रिटीहरूले उनीसँगका फोटो सार्वजनिक गर्दै श्रद्धाञ्जिली दिइरहेका छन् ।

उनको निधनको खबर पनि भारतीय सञ्चारमाध्यमहरूले भन्दा पहिला नेपालीले प्रकाशित गरेका थिए ।

ब्लड क्यान्सरका कारण ७४ वर्षको उमेरमा प्रदीपले मुम्बईंको एक अस्पतालमा मंगलबार प्राण त्यागेका थिए ।

नेपाली कलाकार र सिने पत्रकारहरूले निकटता देखाउँदै उनलाई श्रद्धाञ्जिली दिइरहेका छन् । धेरै सेलिब्रिटीले उनीसँग फोटो खिचाएका छन् ।

यसको कारण प्रदीपले नेपाली फिल्मप्रति देखाएको माया हो । उनले नेपाली सिनेमा विकासका लागि योगदान दिएका थिए । उनी नेपालमै आएर दुई नेपाली फिल्ममा अभिनयसमेत गरेका छन् ।

प्रदीपले अभिनय गरेको पहिलो नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ हो । दोस्रो फिल्म ‘आबाट आमा’ हो । यो सुपरहिट नेपाली फिल्म हो ।

यी दुई फिल्मका लागि प्रदीप नेपाल नै आएका थिए । यही क्रममा उनीसँग नेपाली सेलिब्रिटी तथा पत्रकारहरूको भेट भएको हो ।

उनलाई नेपालीले माया देखाउँदै दिएको श्रद्धाञ्जली र आत्मीयता दुई देशबीचको निकटता पनि झल्काएको । जीवनको उत्तरार्द्धमा उनले नेपालीको माया पनि पाए ।

अलबिदा प्रदीप रावत !

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ०२ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर