कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू) « Khabarhub

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् ।

कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरूले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा उनीहरूले प्रदर्शन थालेका हुन् ।

‘भाडा कम, कमिसन बढी अब सहदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’, ‘राइडरको शोषण बन्द गर्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

सरकारले नयाँ आर्थिक वर्षदेखि लगाएको ५ प्रतिशत भ्याट पनि चालकले पुरानै भाडा दरअनुसार कमिसनको रुपमा तिर्नुपरेको फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : २५ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान