कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू) « Khabarhub

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् ।

कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरूले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा उनीहरूले प्रदर्शन थालेका हुन् ।

‘भाडा कम, कमिसन बढी अब सहदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’, ‘राइडरको शोषण बन्द गर्’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

सरकारले नयाँ आर्थिक वर्षदेखि लगाएको ५ प्रतिशत भ्याट पनि चालकले पुरानै भाडा दरअनुसार कमिसनको रुपमा तिर्नुपरेको फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केले बताइन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : २५ बजे

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा