कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो « Khabarhub

कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो

सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न सकेन


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भइसकेको निष्कर्ष निकालेको छ।

बुधबार पार्टी प्रवक्ता देवराज चालिसेले पत्रकार सम्मेलनमार्फत सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको संकटबाट गुज्रिरहेको आरोप लगाए।

दुईतिहाइ नजिकको बहुमत भएको सरकारले समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको उनले बताएका छन् ।

कांग्रेसले सरकार अस्थिर होस् भन्ने आफ्नो चाहना नरहेको स्पष्ट गर्दै सरकार संविधान, सुशासन र लोकतान्त्रिक मूल्यमान्यताअनुसार चल्नुपर्नेमा जोड दिएको छ।

यसका साथै राहदानी खरिद, सुकुम्वासी समस्या, गृहमन्त्री सुधन गुरुङको विवाद, प्रतिनिधिसभा नियमावली लगायतका विषयमा सरकार जवाफदेही हुनुपर्ने कांग्रेसले भनेको छ।

कांग्रेसले भनेको छ, ‘जनताले नारा होइन परिणाम खोजिरहेका छन्। सरकार पारदर्शी र उत्तरदायी बन्नुपर्छ। सरकारले बैलैमा सुध्रिनुपर्छ।’

कांग्रेसले राहदानी खरिद प्रक्रियामा सरकारको नियत र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।

पार्टीले कम मूल्यको प्रस्ताव हुँदाहुँदै खरिद प्रक्रियामा विवाद सिर्जना भएको तथा प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार र सम्बन्धित कम्पनीबीचको सम्बन्धबारे उठेका प्रश्नमा सरकारले स्पष्ट जवाफ दिन नसकेको जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई कार्यपालिकाको कार्यालयमा राखी दबाब दिएको आरोपबारे पनि सरकारले सत्य सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : १६ बजे

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा

लिङ्देन भन्छन् : धार्मिक सहिष्णुता बचाउन नेपाललाई संसारकै एक मात्र हिन्दु राष्ट्र बनाउनुपर्छ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र

तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौं– सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत  गरेको छ

मदनकृष्णकोपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा

काठमाडौं – पछिल्लो समय बायोपिक निर्देशनमा केन्द्रित बनेका मिलन चाम्सले

नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’

काठमाडौं– सीजी डिजिटलले देशभरका २८ वटा शोरूममार्फत विभिन्न ब्रान्डका विद्युतीय तथा