मदनकृष्णपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा « Khabarhub

मदनकृष्णपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय बायोपिक निर्देशनमा केन्द्रित बनेका मिलन चाम्सले हरिवंश आचार्यको पनि बायोपिक बनाउने तयारी गरेको पाइएको छ ।

चाम्सले उक्त बायोपिकका लागि नायक पनि फाइनल गरी सम्झौता गरिसकेका छन् ।

चाम्सका अनुसार नायक अरुण क्षेत्री हरिवंशको बायोपिकको शीर्ष कलाकार हुन् । तर, यो केही समय पश्चात् सुरु हुने प्रोजेक्ट हो ।

अहिले उनी मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनबहादुर’ निर्माणका लागि कलाकार चयनको क्रममा छन् । यही फिल्मका लागि हरिवंशको भूमिकामा नायक अरुण क्षेत्री फाइनल भएका हुन् ।

हरिवंशको बायोपिकमा अरुण नै शीर्ष भूमिकामा लिइने चाम्सले बताए ।

हरिवंशको बायोपिकमा शीर्ष भूमिका रहने सर्तसहित ‘म मदनबहादुर’ आफू अनुबन्ध भएको अरुणले खुलाए ।

निर्देशक मिलनले पनि हरिवंशको बायोपिकका लागि समेत अरुण अनुबन्ध भएको बताए । तर, यो फिल्म बन्न अझै केही समय लाग्ने देखिन्छ । यसको औपचारिक घोषणा पनि भएको छैन ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ५६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर