प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन « Khabarhub

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने पार्टीको धारणा रहेको उनले बताए । बैठकले प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई प्रदान गरेको छ । 

पार्टीको निर्देशन बिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई निर्देशन गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।

बैठकले आगामी मङ्सिर २६, २७, २८ गते काठमाडौँमा हुने महाधिवेशनको तयारीको सन्दर्भमा सोह्र वटा विभिन्न समितिहरू गठन गरेको अध्यक्ष लिङ्देनले बताए  ।

साथै निरञ्जन थापाको अध्यक्षतामा बनेको विधान मस्यौदा समितिमा केही सदस्य थप गरिएको उनको भनाइ छ । 

उनले मधेस लगायतका स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै नेपालमा समतामूलक समाज निर्माण गर्न र धार्मिक सहिष्णुताको निरन्तरता कायम राख्न हिन्दु राष्ट्र पुनः स्थापना हुन जरुरी रहेको बताए । 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ३ : ११ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले