देवानगञ्ज–कप्तानगञ्ज घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग « Khabarhub

देवानगञ्ज–कप्तानगञ्ज घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ ।  

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारले बनाएको समिति सरकारका कमजोरी लुकाउने समितिमा सीमित हुने संशय विद्यमान रहेकाले स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको हो ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकारी संयमता र जबाफदेहिताको अभाव देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । 

सरकार सुशासन, पारदर्शिता र जबाफदेहितामा पूर्ण रूपमा असफल भएको भन्दै उनले सरकारका कमजोरीले सरकार प्रति जनविश्वास निरन्तर खस्किएको उल्लेख गरे । त्यस्तै भदौ २३–२४ को आन्दोलन सम्बन्धमा, सर्वस्वीकार्य आयोगको अभाव र सरकारको नैतिक असफलता देखिएको उनले बताए ।

भदौ २३–२४ को घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले समेत आफ्नो प्रतिवेदन दिइसकेकोमा यसबारे सरकारको मौनता रहस्यपूर्ण रहेको पार्टीको ठहर रहेको प्रवक्ता चालिसले बताए । 

त्यस्तै कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको सरकारको हरकत सर्वसत्तावादी अभ्यास रहेको आरोप लगाएको छ । त्यस्तै राहदानी खरिद प्रकरणमा सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न उठेको प्रवक्ता चालिसेले बताए । 

कांग्रेसले सम्पत्तिको स्रोत र भ्रष्टाचारविरुद्धको कारबाही सम्बन्धमा सरकारको दोहोरो मापदण्ड देखिएको जनाएको छ । 

आफ्नै मन्त्री, आफ्नै उच्च राजनीतिक पदाधिकारी र प्रभावशाली व्यक्तिले सम्पत्ति सार्वजनिक गर्दा स्रोतबारे उठेका सार्वजनिक प्रश्नहरूको उत्तर आजसम्म आउन नसकेको प्रवक्ता चालिसेले बताए । 

सरकारद्वारा गठित आयोगको कार्य क्षेत्रमा वर्तमान पदमा रहेका व्यक्तिहरूलाई उन्मुक्ति दिइएकाले न्यायसङ्गत नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ३ : ४१ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका