बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध « Khabarhub

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र छ वटा सडकखण्ड आंशिक रूपमा अवरुद्ध भएका जनाएको छ । 

विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरुद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन् ।

नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिँदा ती राजमार्ग प्रभावित भएका हुन् । बिपी राजमार्गअन्तर्गत धुलिखेल–सिन्धुली क्षेत्रमा बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । 

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पनि वर्षाका कारण सडक हिलो भई पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग भने विभिन्न तीन स्थानमा पहिरो, लेदो र सडक भासिँदा पूर्ण रूपमा बन्द छ । उक्त राजमार्गका भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, कोदारी, लिपिङ क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यस्तै, दोलखाको लामोसाँघु–रामेछाप सडक तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशीले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ । यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ३ : ४६ बजे

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा २९ डाक्टर र १५ इन्जिनियर निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ

राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश, एक विधेयक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश र एक विधेयक जारी

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले