राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल « Khabarhub

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै  राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिएका छन् । 

प्रेस चौतारीले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटमा उनले बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगतिका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विविध क्षेत्रमा उपलब्धिको हासिल गरेको बताउँदै प्राप्त उपलब्धिको रक्षा हुनुपर्छ भने। 

देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन अपरिहार्य भएको विचार व्यक्त गर्दै महासचिव पोखरेलले राष्ट्रको उन्नतिका निम्ति वर्तमान सरकारले सार्वजनिक गरेका १०० बुँदे प्रतिबद्धताबाट जनतामा आशा पलाएको बताए।

महासचिव पोखरेलले सरकार र राजनीतिक दलहरूले नयाँ पुस्ताको अपेक्षाअनुसार आफूलाई निरन्तर सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।’हामी पनि आफ्नो पार्टीलाई सुधार गर्दै अघि बढ्ने छौँ,’ उनले भने। 
 

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ३ : ५३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका