रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान « Khabarhub

रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा बालबालिका, नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमण तत्काल अन्त्य गर्न सबै पक्षसँग आह्वान गरेको छ।

युनिसेफले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार बालबालिकाको संरक्षण गर्न तथा युद्धका क्रममा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

विज्ञप्तिअनुसार, रूसको बेलगोरोड क्षेत्रमा खेल मैदान नजिक आइतबार भएको ड्रोन आक्रमणमा १३ वर्षीया एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्। 

त्यसैगरी, मंगलबार क्रास्नोडार क्षेत्रमा भएको आक्रमणमा सात जनाको मृत्यु हुँदा तीन जना बालबालिका रहेका थिए। उक्त घटनामा करिब ४० जना घाइते भएको जनाइएको छ।

यता, युक्रेनमा पछिल्लो सात दिनमा भएको रूसी आक्रमणका कारण कम्तीमा छ बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको छ।

युनिसेफले बालबालिका बस्ने, पढ्ने र खेल्ने स्थान सुरक्षित रहनुपर्नेमा जोड दिँदै उनीहरूलाई मार्ने वा घाइते बनाउने सबै प्रकारका आक्रमण तत्काल रोक्न आग्रह गरेको छ।

हालैका दिनमा युक्रेनले रूसी क्षेत्रभित्र लामो दूरीका आक्रमण तीव्र बनाएको छ भने रूसले युक्रेनी सहरहरूमा मिसाइल तथा ड्रोन आक्रमणलाई निरन्तरता दिएको बताइएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ४ : ०२ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका