बालेन नेतृत्वको सरकारबारे भीम रावलको टिप्पणी : अब त ब्यारेकमै पुगेर सेनालाई हप्काउन थालिएछ « Khabarhub

बालेन नेतृत्वको सरकारबारे भीम रावलको टिप्पणी : अब त ब्यारेकमै पुगेर सेनालाई हप्काउन थालिएछ


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै रावलले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि अब सेनाको ब्यारेकसम्म डोजर पुर्‍याइएको भन्दै प्रश्न उठाएका छन्।

उनले ठेकेदारका खुट्टा भाँच्ने चेतावनी दिने, विद्यालयका प्राध्यापकलाई हप्काउने, आफ्नै महाधिवेशनमा निम्ता गरिएका व्यक्तिलाई होच्याउने तथा तराई–मधेसमा भएको साम्प्रदायिक तनावका क्रममा आफ्नै पार्टीका व्यक्तिसँग सम्झौता गर्ने जस्ता गतिविधिपछि अहिले सेनाको ब्यारेकमा पुगेर सैनिकलाई हप्काउने शैली देखिएको आरोप लगाए।

रावलले सडक विस्तार जनताको आवश्यकता हुन सक्ने स्वीकार गर्दै त्यसका लागि संविधान, कानुन, विधि र पद्धतिअनुसार सम्बन्धित निकायले निर्णय गरी सेनालाई औपचारिक जानकारी र निर्देशन दिनुपर्ने बताए।

‘तर उल्टो व्यवहार भइरहेको छ। राज्य सञ्चालन कुन दिशातर्फ धकेलिँदैछ ?’ उनले भनेका छन् । उनले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ५ : १३ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।