परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ « Khabarhub

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको छ । मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरुआत गरिएको हो । फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ सम्बन्धी विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुतिपछि परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारी तथा अधिकृतहरूले प्रस्तुत कार्यपत्रमाथि आ–आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले अनुसन्धानले ज्ञान बढाउने र ज्ञानले नीति निर्माणमा सहयोग पुर्‍याउने बताए । उनले भने, “अब के हुनुपर्ने हो भन्ने विषय महत्त्वपूर्ण हो । हामी आगामी पाँच वा १० वर्षमा कहाँ र कसरी अघि बढ्छौँ भन्ने हो । यस्ता छलफलहरूले हामीलाई त्यसतर्फ अघि बढ्न डोर्‍याउने छन् ।”

‘मोफा नलेज फोरम’ परराष्ट्रमन्त्री तथा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले नेपालको परराष्ट्र नीतिको परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषयविज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने मासिक कार्यक्रम हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्नु रहेको छ । प्रकाशित अनुसन्धान तथा सामग्रीमा मात्र सीमित नरही सम्बन्धित अनुसन्धान तथा अध्ययन प्रतिवेदन तयार गर्ने व्यक्ति तथा विज्ञहरूसँग मन्त्री र वरिष्ठ अधिकारीहरूले प्रत्यक्ष रूपमा संवाद गर्ने उद्देश्यले फोरम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

साथै, विभिन्न विषय तथा साझेदारसँग सम्बन्धित नीतिगत कार्यमा मन्त्रालयले आगामी दिनमा समेत उपयोग गर्न सक्ने गरी विज्ञहरूसँगको अन्तरक्रिया तथा संलग्नताको व्यवस्थित अभिलेख तयार गर्नु पनि फोरमको अर्को उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाका प्रमुख सहसचिव कौशलकिशोर रायले ‘मोफा नलेज फोरम’ महिनामा एकपटक सञ्चालन हुने जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : २७ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।