निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने « Khabarhub

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को अत्येष्टि बेलायतमा हुने भएको छ। हिमपहिरोबाट निम्सको शव बुधबार मात्रै निकालिएको छ।

अप्ठ्यारो ठाउँ र मौसम प्रतिकूल बन्दा उनीहरूको शव निकाल्न सकिएको थिएन। साउन १४ मा ब्रड पिक आरोहण गरिरहेका १० जना आरोही हिमपहिरोमा बगेका थिए।

निर्मल पुर्जाको शव साउन १७ मा भेटिए पनि पहिरोबाट निकाल्न सकिएको थिएन।

निर्मल पुर्जाको कम्पनीले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि ब्रड पिकबाट सफलतापूर्वक निकालेर सुरक्षितरूपमा बेस क्याम्पमा ल्याइएको छ।’

बेस क्याम्पबाट निर्मल पुर्जाको शवलाई पाकिस्तानाको स्कार्डोमा पुर्‍याउन अझै २ दिन लाग्ने र त्यसपछि उनलाई लण्डन लैजाने बताइएको छ।

ब्रिटिस आर्मीमा लामो समय काम गरेका पुर्जा बेलायतको स्थायी वासिन्दा हुन्। उनको परिवार पनि लण्डनमा रहेकाले पुर्जाको अत्येष्टि पनि त्यहीँ हुने भएको हो।

उनीसँगै निधन भएका अरू नेपालीहरूको शव भने नेपाल ल्याउने भनिएको छ।

पर्वतारोही एवं उद्धारकर्ता मिङ्मा शेर्पाको नेतृत्वको टोलीले निर्मल पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव निकालेर बेस क्याम्पमा ल्याएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘निम्सलाई घर फर्काउनु भनेको केवल एक पर्वतारोहीलाई फिर्ता ल्याउनु मात्रै होइन। यो एक पति, एक पिता, एक छोरा, एक दाजुभाइ, एक साथी तथा इलाइट एक्सपिड, निम्स दाइ फाउन्डेसन, निम्सदाइ स्टोर तथा स्काइ डाइभ निम्सदाइको मुटु घर फर्काउने कुरा थियो।’

निम्सको निधनबाट भएको अपूरणीय क्षतिलाई कुनै कुराले परिपूर्ति गर्न नसके पनि उनको अन्तिम शव यात्रामा प्रियजनहरू सहभागी हुने अवस्था बनेको विज्ञप्तिमा उल्लेख छ।

१० जना पर्वतारोही ब्रड पिक पहिरोमा परेका थिए। त्यसमध्ये अझै ३ जना बेपत्ता छन्।

उनीहरूको उद्धारमा पाकिस्तान आर्मी, पाकिस्तान सरकार, गिल्गिट-बाल्टिस्तान सरकार, ब्रिटिस हाइ कमिसन, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान लगायतले नेतृत्वदायी पहल गरेका थिए।

म्याग्दी जिल्लामा जन्मेर चितवनमा हुर्केका निर्मल पुर्जा सन् २००३ मा ब्रिटिस आर्मी बनेका थिए। ६ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेपछि उनी बेलायतको प्रतिष्ठित स्पेसल बोट सर्भिस (एसबीएस) मा प्रवेश गरेका थिए।

बेलायतको स्थायी नागरिक बनेका पुर्जाले ८ हजार मिटरभन्दा माथिका १४ हिमालको आरोहण ६ महिनाभित्र अक्सिजनबिनै सम्पन्न गरेर विश्व रेकर्ड बनाएका थिए।

उनी यसपटक ती सबै हिमाल अक्सिजनबिना दोस्रोपटक आरोहण गरेर आफ्नै कीर्तिमान ब्रेक गर्न चाहन्थे। सोही क्रममा ब्रड पिक आरोहणको क्रममा पुर्जा हिमपहिरोमा परेका थिए।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ९ : ५७ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने