हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह « Khabarhub

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

चीनसँग नियमित अनुगमन


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने हल्ला फैलिएपछि बाढी पूर्वसूचना केन्द्रले तत्काल ठूलो बाढीको सम्भावना नरहेको स्पष्ट पारेको छ।

विभिन्न माध्यमबाट हिमताल विस्फोट र बाढीको जोखिमबारे चासो राख्दै अत्यधिक सोधपुछ आएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको केन्द्रले शुक्रबार राति एक सूचना जारी गर्दै वास्तविकता सार्वजनिक गरेको हो। केन्द्रले चिनियाँ समकक्षी निकायसँग निरन्तर सम्पर्कमा रही प्राप्त सूचना र स्थितिबारे नियमित अनुगमन गरिरहेको जनाएको छ।

हालसम्म प्राप्त तथ्याङ्क एवं सूचनाका आधारमा तत्कालै ठूलो बाढी आउने कुनै सम्भावना नदेखिएकाले असम्पुष्ट र भ्रामक हल्लाको पछि नलाग्न तथा संयमित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ। जलसतह बढ्ने वा बाढीको जोखिम देखिएमा केन्द्रले मोबाइलमा ‘एसएमएस’ मार्फत तत्काल पूर्वसूचना सम्प्रेषण गर्ने जनाएको छ। थप जानकारी वा सोधपुछका लागि टोल-फ्री नम्बर ११५५ (२) मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ६ : ४४ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६