लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल « Khabarhub

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको मद्दतले लिभरपुलले इङ्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो जित दर्ता गरेको छ ।

सफोकमा शुक्रबार राति सम्पन्न खेलमा लिभरपुललाई जित दिलाउन १२ करोड ५० लाख पाउन्डका स्विडेनिस् स्ट्राइकर इसाकले सुरुआती ९ मिनेटभित्रै दुई गोल गरेका थिए । बर्खास्तमा परेका आर्ने स्लटको ठाउँमा मुख्य प्रशिक्षक बनेका आन्दोनी इराओलाका लागि लिभरपुलको प्रबन्धकका रूपमा यो पहिलो जित हो ।

गएको सिजन न्युकासल युनाइटेडबाट कीर्तिमानी रकममा लिभरपुल आएका इसाकका लागि पहिलो सिजन बिर्सनलायक रहेको थियो । चोट र खराब फार्मबाट गुज्रिएका उनले अघिल्लो सिजनभर १४ लिग खेलमा मात्र ३ गोल गरेका थिए । तर, इप्सविचविरुद्धको खेलमा डिफेन्डरको पछाडिबाट गति बढाउँदै गोल गर्ने पुरानै लयमा फर्किएका इसाकले एकै खेलमा अघिल्लो सिजनको लिग गोल संख्या बराबर गरेका छन्।

खेलमा १५ करोड ६० लाख डलर (१२ करोड ३० लाख पाउन्ड) मा पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट आएका ब्राड्ले बारकोलाले पनि २६ मिनेट मैदानमा बिताउँदै टोलीका लागि पर्दापण गरे ।

यस्तै, म्यानचेस्टर सिटी जाने हल्ला चलेका कोडी गाक्पोले पनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपयोगिता प्रमाणित गरे । नयाँ पदोन्नति भएर आएको इप्सविचविरुद्धको जितसँगै नयाँ प्रशिक्षक इराओला र लिभरपुलले राहतको सास फेरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ७ : १३ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६