उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन « Khabarhub

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। २०८३ साउन २० गते बिहान ८:०० बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा ७,९१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

बाढीका कारण हालसम्म ६५ जना प्रहरी नै प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

१,३४४ शव फेला, १,०३० को शव व्यवस्थापन प्रहरीका अनुसार हालसम्म कुल १,३४४ जनाको शव (आंशिक अङ्गसहित) फेला परेको छ। जसमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष र ५०१ वटा आंशिक अङ्ग रहेका छन्। फेला परेका शवमध्ये १,०३० जनाको जमिनमा गाडेर शव व्यवस्थापन गरिसकिएको छ।

बेपत्ता र घाइतेको विवरण हालसम्म बेपत्ता हुनेहरूको कुल सङ्ख्या ४,८८६ पुगेको छ। जसमध्ये स्वदेशी २,९३० (२,४४८ पुरुष र ४८२ महिला) तथा विदेशी ६०६ (२६९ पुरुष, ३३२ महिला र ५ अन्य) रहेका छन्। यसैगरी फोनमार्फत १,३५० जनाको बेपत्ता विवरण प्राप्त भएको छ।

उद्धारतर्फ कुल ८,९६२ जना घाइते तथा प्रभावितको उद्धार गरिएको छ। जसमा ७,४१० स्वदेशी र १,५५२ विदेशी नागरिक रहेका छन्। पहिचान हुन नसकेका १,२७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ भने ३,२४० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ।

डिएनए सङ्कलन र जनचेतना मृतकको पहिचानका लागि कुल २,२७२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ, जसमा १,२६० मृतकका र १०१२ मृतकका आफन्तका रहेका छन्। यस्तै प्रभावित क्षेत्रमा १११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४१,८३८ जनालाई सहभागी गराइएको छ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १० : ३३ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत