‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह « Khabarhub

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री भुपदेव शाहले ‘हिमाली सुनामी’बाट प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम भइरहेको बताएका छन्।

शाहले प्रभावित क्षेत्रमा केही दिन प्रत्यक्ष बसेर त्यहाँको अवस्था, स्थानीय नागरिकका आवश्यकता तथा विपत्तिपछिका चुनौतीहरू अवलोकन गरेपछि आफ्नो अनुभव र देखेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

विगत केही दिनदेखि नुवाकोटमा रहेका शाहले जलवायु परिवर्तनका कारण आएको भनिएको ‘हिमाली सुनामी’ले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै अब प्रभावित क्षेत्रको पुनःस्थापना तथा जनजीवन सामान्यीकरणतर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

उनले ‘हिमाली सुनामी’को प्रकृति भूकम्प तथा यसअघिका बाढीभन्दा फरक रहेको उल्लेख गर्दै यसपछिका पुनःस्थापना तथा पुनर्निर्माणका कामसमेत नयाँ ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता देखिएको बताएका छन्।

“हामीले यो ‘हिमाली सुनामी’ भूकम्प र यसअघिको बाढीभन्दा निकै फरक रहेको पायौँ। त्यसैले यो महाविपत्तिपछिका कार्यहरू पनि हामीले बिल्कुल नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने देखियो,” शाहले सामाजिक सञ्जालमा लेखेका छन्।

शाहका अनुसार प्रभावित स्थानीयको जीवन सामान्यीकरण गर्न सुरक्षा निकाय, जिल्ला प्रशासन, सडक विभाग, नेपाल विद्युत् प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य सशक्त बनाउने प्रयास भइरहेको छ।

उनले सबै निकायको भूमिका, अस्तित्व र आपसी सम्मानलाई कायम राख्दै विपद्पछिका कामलाई समन्वयात्मक ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यस क्रममा बागमती प्रदेशका मुख्यमन्त्री तथा मुख्यमन्त्रीको कार्यालय, विभिन्न स्थानीय तहका प्रमुख तथा कार्यपालिका कार्यालय र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग समेत छलफल गरिएको शाहले बताएका छन्।

ग्रासरुटमा रहेका नागरिकको वास्तविक आवश्यकता पहिचान गर्ने तथा सम्बन्धित निकायको सहमति लिएर आवश्यक सहजीकरण गर्ने कामसमेत गरिएको उनको भनाइ छ।

शाहले विपत्तिका बेला कसले के गर्‍यो वा गरेन भन्नेभन्दा पनि प्रभावित नागरिकको जीवन सामान्य बनाउनु सबैको साझा दायित्व भएको बताएका छन्।

“कसले के गर्‍यो, गरेन भन्दा पनि यो विपत्तिको सामना गर्नु हामी तीनै तहका सरकार, दलहरू, सामाजिक संस्था, नागरिक समाज र सम्पूर्ण सरोकारवाला पक्षहरूको साझा दायित्व हो,” उनले भनेका छन्।

उनले विपत्तिबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा जनजीवन सामान्यीकरणका लागि तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाजलगायत सबै सरोकारवालालाई आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्न आग्रह गरेका छन्।

“आफ्नो ठाउँबाट जे-जति सकिन्छ, योगदान गरौँ,” शाहले आह्वान गरेका छन्।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १२ : ०५ बजे

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन