मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा « Khabarhub

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ । शुक्रबार राति परेको आंशिक वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो ।

थासाङ-१ टुकुचेमा योसँगै भदौमा मात्रै चार पटकसम्म कालीगण्डकी नदी कटान भइसकेको छ । कालीगण्डकीको शाखा नदीमा पानीको बहाव उच्च हुँदा टुकुचे गाउँ संरक्षणका लागि लगाइएको तटबन्ध तथा ग्याविन वाल पनि भत्काएर नदीको धार गाउँतर्फ पुगेको थासाङ-१ का वडाध्यक्ष सुरेश थकालीले जानकारी दिए । 

उनका अनुसार गएरातिको कालीगण्डकी नदीको बाढीले टुकुचे गाउँ नजिकै रहेको स्याउ झण्डारण गर्ने चिस्यान केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)द्वारा निर्मित फोहर संकलन गर्ने पूर्वाधार डुबानमा परेका छन् ।

नदीले धार परिवर्तन गर्दा कालीगण्डकी तटमा लगाइएका करिब एक हजार स्याउ बोट नष्ट भइसकेका वडाध्यक्ष थकालीले जानकारी दिए । नदीले यही गतिमा धार परिवर्तन गर्दै गएमा टुकुचे गाउँको तल्लो बस्तीमा रहेका ३० घरसहित गाउँ नजिकैको गुम्बा र ऐतिहासिक सम्पदामा क्षति पुग्ने उनले उल्लेख गरे। 

वडाध्यक्ष थकालीका अनुसार भदौमा मात्रै चार पटकसम्म नदीले धार परिवर्तन गरी कटान गरेको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालयद्वारा करोडौँ खर्च निर्माण गरिएको वाल तथा तटबन्ध बाढीले क्षति पुगेको छ । वडाध्यक्ष थकालीका अनुसार टुकुचे गाउँ र स्याउबारी संरक्षणका लागि पटकपटक नदी नियन्त्रण गर्ने प्रयास भइरहे भएपनि सफल हुन नसकिएको छैन ।

नदी नियन्त्रणका लागि स्थानीय जनश्रमदान र सरोकार भएका निकायले तारजालीको व्यवस्था गरी कटान रोक्ने प्रयास गरे पनि प्रभावकारी नभएको वडाध्यक्ष थकालीले बताए। टुकुचे बस्ती तथा स्याउबारीका संरचना जोगाउन थासाङ गाउँपालिका र गाउँलेले चार वटा डोजर परिचालन गरी नदी नियन्त्रण गर्ने निरन्तर पहल गरिरहेका छन् ।

बर्सेनि बर्खायामको समयमा लेदो र गेग्रानसहितको नदीजन्य पदार्थले नदी सतहको उकास बढ्दै जाँदा कालीगण्डकी नदीले धार परिवर्तन गर्ने गरेको वडाध्यक्ष थकालीले बताए। नदी कटान रोक्ने प्रयास गरिएकाले केही नियन्त्रण भएको उल्लेख गर्दै उनले कटान पूर्ण रूपमा रोक्न स्थायी पूर्वाधार आवश्यक रहेकामा जोड दिए । 

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १२ : ३२ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका