रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास « Khabarhub

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्ना विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरलाई मस्को र किएभ पठाउने घोषणा गरेका छन् ।

ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्नेछन् र युद्ध अन्त्य गर्ने प्रस्तावसमेत लिएर जानेछन् । उनीहरूले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र आइतबार किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने बताइएको छ ।

युक्रेनका एक वरिष्ठ अधिकारीका अनुसार विट्कफ र कुशनर आइतबार किएभ पुग्ने कार्यक्रम छ । तर, क्रेमलिनले उनीहरूको भ्रमणबारे तत्काल कुनै टिप्पणी गरेका छन् ।

ट्रम्पले आफूले पठाएका दुवै वार्ताकारले यसअघि गाजा र इरानसम्बन्धी युद्धविराम वार्तामा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले शान्ति स्थापनाका लागि आफ्नो प्रशासनसँग स्पष्ट योजना रहेको दाबी गरे। यद्यपि, प्रस्तावमा युक्रेनले आफ्नो भूभागको केही हिस्सा रुसलाई छोड्नुपर्ने विषय समावेश छ कि छैन भन्नेबारे ट्रम्पले स्पष्ट पारेनन् ।

अमेरिकी कूटनीतिक प्रयास भइरहेका बेला रुस र युक्रेनबीच लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भने तीव्र बनेका छन् । पछिल्ला आक्रमणका कारण सर्वसाधारणको मृत्यु र घाइते हुने क्रम पनि बढेको छ ।

ट्रम्पको घोषणा हुनुभन्दा केही घण्टाअघि रुसी ड्रोनले युक्रेनको राजधानी किएभस्थित सुरक्षा सेवाको मुख्यालयमा आक्रमण गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताए। उनका अनुसार आक्रमण सुरक्षा निकायका कार्यवाहक प्रमुखको कार्यालयलाई लक्षित गरिएको थियो । युद्ध सुरु भएयता सुरक्षा सेवा मुख्यालयमा भएको यो पहिलो आक्रमण भएको बताइएको छ ।

आक्रमणपछि जेलेन्स्कीले अमेरिकी दूतहरूको भ्रमण अवधिभर अस्थायी युद्धविरामको प्रस्ताव गरे । उनले युक्रेनले उक्त अवधिमा हवाई आक्रमण नगर्ने र रुसले पनि पारस्परिक रूपमा हवाई आक्रमण रोक्नुपर्ने बताए।

यसअघि जेलेन्स्कीले रुसले युद्ध जारी राखे युक्रेनी ड्रोनका कारण रुसी हवाई क्षेत्र सुरक्षित नरहने चेतावनी दिएका थिए । विट्कफ र कुशनरको भ्रमण ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि उहाँहरूको युद्धग्रस्त किएभ भ्रमणको पहिलो अवसर हुनेछ ।

दुवै जना यसअघि रुससँगको कूटनीतिक प्रयासका क्रममा पटक–पटक मस्को पुगेका थिए ।

उनीहरूको भ्रमण अमेरिकी गुप्तचर निकायका प्रमुख जोन र्‍याट्क्लिफको हालैको मस्को भ्रमणपछि हुन लागेको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार र्‍याट्क्लिफले रुसलाई उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रमाथि आक्रमण नगर्न चेतावनी दिएका थिए ।

यस्तै, यसै साता अमेरिकाले उत्तर क्यारोलिनामा भएको बीस राष्ट्र समूहको बैठकमा रुसी अर्थमन्त्रीको सहभागितालाई स्वागत गरेको थियो । ट्रम्प प्रशासनको पछिल्लो पहलले रुस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक बाटो पुनः खोल्ने प्रयासलाई तीव्र बनाएको छ । 

तर, युद्धविराम र सम्भावित शान्ति सम्झौताका मुख्य सर्तहरूमा मस्को र किएभबीच अझै गहिरो मतभेद कायम छन् ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १२ : ५६ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै