कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते « Khabarhub

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एस्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा दुई जना कामदार गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार आज बिहान करिब ११ः०० बजे माथिबाट अचानक पहिरो खसेर आयोजनामा कार्यरत दुई जना घाइते भएका हुन् । 

घाइते दुवै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको उनले जानकारी दिए । घटनालगत्तै स्थानीयले उद्धार गरी घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएको जनाउँदै दुवै जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ । 

घटनाको जानकारी पाएलगत्तै प्रहरीचौकी सार्दिखोलाबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा उद्धारका लागि खटिएको थियो ।  घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी छ । 
 

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १ : ०५ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६