कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना « Khabarhub

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन सरकारसँग हारगुहार गरिरहेकी एक महिलाको भिडियोप्रति संवेदनशील बन्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै दर्शनाले ती महिलाको जीवनमा ठूलो विपत्ति आइपरेको र भविष्यको अनिश्चितताले उनको मनमा गहिरो त्रास पैदा गरेको बताएकी छन्।

उनले ती महिलाले सरकारप्रति आक्रोश व्यक्त गर्दै गालीसमेत गरिरहेको भए पनि त्यसलाई उनको पीडाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने धारणा राखेकी छन्।

दर्शनाले लेखेकी छन्, ‘ति दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ। उनले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन। तर त्यो गालीभन्दा माथि धेरै पर मनको कुनामा आशा छ-आफ्नो मान्छे आउनुहुन्छ, फर्केर भन्ने।’

उनले मानिसको जीवनमा अकल्पनीय र अन्यायपूर्ण घटना घट्दा भगवान्सँग समेत रिसाउने र झोक्किने अवस्था आउने उदाहरण दिँदै पीडामा रहेकी महिलामाथि सामाजिक सञ्जालमा खिसिट्यूरी तथा अशोभनीय टिप्पणी गर्नु उचित नभएको बताएकी छन्।

‘ए साथी हो, हाम्रो जीवनमा अकल्पनीय र अन्यायपूर्ण केही भयो भने भगवान्सँग त हामी रिसाउँछौं, झोकिन्छौं। यसरी कसैको पीडामाथि खिसिट्यूरी गर्दै, अशोभनीय टिप्पणी गरेको हुँदैभएन,’ उनले भनेकी छन्।

दर्शनाले उक्त घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै पीडित परिवारको संवेदनालाई सम्मान गर्न र कठिन परिस्थितिमा मानवीय संवेदनशीलता कायम राख्न सबैलाई आग्रह गरेकी छन्।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  १ : १८ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६