दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद « Khabarhub

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई करोड ४० लाख बराबरको ‘एप्पल एयर वर्डस’ (एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन) बरामद गरेको छ । 

अवैधतरिकाले नेपालतर्फ ल्याउँदै गरेको एक हजार २०० थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोष्ट खैरवनीले संयुक्त रूपमा बरामद गरेको हो । 

उक्त सामान ल्याउने व्यक्ति भने सशस्त्रको गस्ती टोलीलाई देख्नासाथ फरार भएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बरामद सामग्री सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  २ : ११ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या