बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’ « Khabarhub

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारमाथि भोटेकोशी बाढी र चिलिमे जलविद्युत् आयोजनाको सुरुङ उद्धारमा गम्भीर प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै झाँक्रीले सरकारको ढिलाइ, सूचना प्रवाहमा भएको कमजोरी र उद्धार समन्वयमाथि प्रश्न उठाउँदै घटनाबाट भएको मानवीय क्षतिको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेकी छन्।

उनले आफू परिवर्तनको आन्दोलनमा छातीमा गोली थाप्न तयार भएर होमिएको व्यक्ति भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा हुने गालीगलौजले आफूलाई फरक नपर्ने बताएकी छन्। केही समय विभिन्न कारणले नबोलेको भए पनि अब स्पष्ट रूपमा बोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

झाँक्रीले प्रधानमन्त्री शाहमाथि कटाक्ष गर्दै समर्थकहरूको अन्धसमर्थनले सरकार र प्रधानमन्त्रीलाई आलोचनाभन्दा माथि राख्न खोजिएको आरोप लगाएकी छन्।

भोटेकोशी बाढीको सन्दर्भमा उनले सरकारले समयमै सूचना जारी गरेको भए यति ठूलो धनजनको क्षति नहुने दाबी गरेकी छन्। उनका अनुसार बिहान ८ः४५ बजे बाढी आउने सूचना प्राप्त हुँदाहुँदै पनि समयमै पर्याप्त सूचना र समन्वय हुन नसक्दा क्षति भयावह बनेको हो।

उनले लेखेकी छन्, ‘विपत्ति टारेर टारिने कुरा थिएन, तर समयमा सूचना र समन्वय भएको भए अवस्था यस्तो भयावह हुने थिएन।’

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा पनि ढिलाइ भएको उनको आरोप छ। नेपालसँग आवश्यक प्रविधि नभए विदेशी सहयोग लिएर भए पनि उद्धारलाई तीव्र बनाउनुपर्ने भन्दै उनले समयमै उद्धार हुन नसक्दा मानवीय क्षति बढेको दाबी गरेकी छन्।

उनले उद्धारमा ढिलाइ हुनुको अर्थ अन्ततः जीवित मानिसको सट्टा शव मात्र उठाउने अवस्था आउनु भएको टिप्पणी गरेकी छन्।

सरकारमाथि आक्रोश व्यक्त गर्दै झाँक्रीले लेखेकी छन्, ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो?’

झाँक्रीले प्रधानमन्त्री शाहको आलोचना गर्नेहरूमाथि समर्थकबाट हुने आक्रमण र हिंसात्मक व्यवहारको समेत उल्लेख गरेकी छन्। यसअघि सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रममा प्रधानमन्त्री बालेन शाहलाई उनका समर्थकहरूले नै एक दिन अप्ठ्यारो पार्न सक्ने टिप्पणी गरेको विषयलाई लिएर आफ्नो घरमा परिवारलाई भित्रै राखेर आगजनी गर्न खोजिएको दाबीसमेत उनले गरेकी छन्।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ३ : २४ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा