भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन « Khabarhub

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ ।

चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको ‘पेन्सन पट्टा’ लाई भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण दूतावासको मिलिटरी पेन्सन शाखाले विशेष चासोका साथ हेरेको जनाइएको छ ।

‘पेन्सन पट्टा’ को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै दूतावासको सो शाखाले चलचित्र निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएकामा रसुवागढीको विनाशकारी बाढीका कारण निर्माण पक्षले चलचित्रसम्बन्धी भेटघाट तथा प्रचारप्रसारलाई केही ढिलागरी भएको हो ।

चलचित्रका निर्देशक तथा अभिनेता माओत्से गुरुङले भेटका क्रममा भारतीय दूतावासका कर्मचारीले देखाएको आत्मियताको प्रशंसा गरे । दूतावासका मेजर राहुल झाका अनुसार नेपालमा भारतीय सेना तथा असैनिक (सिभिल) सेवाका गरी एक लाख १९ हजार ५०४ जना पेन्सनभोगी छन् ।

भारत सरकारले नेपालमा रहेका पेन्सनभोगीलाई वार्षिक करिब सात हजार एक सय करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको छ ।

सो चलचित्र यही भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।
 

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ६ : ५४ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६