भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो « Khabarhub

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यस्तो अवस्थामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवा र नुवाकोटमा उद्धार, राहत, समन्वय तथा विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। मन्त्रालयले शनिबार बाढी आएको ११औँ दिन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २१६ मेगावाट क्षमताको सुरुङबाट एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको जनाएको छ।

नेपाली सेना र दक्षिण कोरियाली विपद् विशेषज्ञ टोलीले उनको उद्धार गरेको मन्त्रालयले जनाएको छ। बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि मन्त्रालयको समन्वयमा उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरिएको छ। जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भग्नावशेषमा विज्ञहरूको परामर्शमा खोज तथा उद्धार जारी रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, प्रतिकूल मौसम, विकट भौगोलिक अवस्था र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध हुँदा पनि चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका २१ जना उद्धारकर्मी सुरुङभित्र म्यानुअल रूपमा भग्नावशेष हटाउने काममा खटिएका छन्।

मन्त्रालयका अनुसार २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ। उद्धार कार्यलाई तीव्र बनाउन आवश्यक उपकरण परिचालन भइरहेको छ। ठूलो क्षमताको एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउन स्याफ्रु पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण सुरु गरिएको छ। सुरुङभित्र एक्स्काभेटर लैजान आवश्यक तयारीस्वरूप माटो हटाउने काम भइरहेको छ भने साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री र उपकरण ढुवानी पनि जारी रहेको मन्त्रालयले जनाएको छ। शनिबार नै स्विट्जरल्यान्डले सुरुङभित्र खोज तथा उद्धारका लागि अत्याधुनिक ड्रोन नेपाललाई उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।

उक्त ड्रोनबाट जोखिम मूल्याङ्कन, खोजी तथा उद्धार कार्यलाई सुरक्षित, छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसैगरी, बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनःसुचारु गर्न नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक बिदाका दिनमा समेत अहोरात्र काम गरिरहेको मन्त्रालयले जनाएको छ। रसुवामा करिब ७८ प्रतिशत र नुवाकोटमा करिब ९६ प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ। धादिङमा पनि करिब सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना भइसकेको मन्त्रालयको भनाइ छ। बाँकी विद्युत् सेवा पुग्न नसकेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सोलार टुकीलगायत तत्काल उपलब्ध गराउन सकिने वैकल्पिक ऊर्जाका साधन उपलब्ध गराउने काम भइरहेको छ।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेना, भारतीय सेना, कोरियाली विज्ञ र आयोजना इन्जिनियरहरूको संयुक्त टोलीले सुरुङभित्र विभिन्न स्थानमा पुगेर रेकी, ब्लास्टिङ, होल निर्माण तथा लेदो हटाउने काम गरिरहेको मन्त्रालयले जनाएको छ। क्षतिग्रस्त तथा अवरुद्ध सुरुङ खोल्न थप एक्स्काभेटर, ब्याक लोडर, बोबक्याट र ड्रोनलगायत उपकरण परिचालन गरी उद्धार अभियानलाई तीव्रता दिइएको उसको भनाइ छ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ७ : ३४ बजे

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग ९एनभिएल० मा काठमाडौँ

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिनेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका