भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान « Khabarhub

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली जलविद्युत् परियोजनाबाट हराइरहेका ४७ जना कर्मचारीको पहिचानका लागि डीएनएको नमूना उपलब्ध गराउन आह्वान गरेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले प्राधिकरणका विभिन्न संरचनामा क्षति पुर्‍याएको र त्यहाँ कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको प्राधिकरणले जनाएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले नेपाली सेना र सम्बन्धित क्षेत्रका अन्य निकायहरूको समन्वय तथा सहयोगमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ छ। अथक प्रयासपछि माथिल्लो त्रिशूली ३-ए जलविद्युत केन्द्रको सुरुङ संरचनाबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ भने एक जनाको शव प्राप्त भएको छ ।

अन्य कर्मचारीहरू भने अझै फेला पार्न नसकिएको अवस्था रहेको प्राधिकरणले उल्लेख गरेको छ। बाढीका कारण सम्पर्कविहीन भएकाहरुको पहिचानका लागि प्रहरीले नजिकका आफन्तबाट डीएनए परीक्षणका लागि ताजा रगतको नमूना संकलन गर्ने सार्वजनिक सूचना जारी गरेको छ ।

प्राधिकरणले बेपत्ता कर्मचारीका सबैभन्दा नजिकको रगतको नाता पर्ने आफन्तहरूलाई दुई प्रति राहदानी साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ। यसका साथै डीएनए परीक्षणका लागि दिएको स्लिप र परीक्षणपछि प्राप्त प्रतिवेदनलाई ह्वाट्सएप समूहमा पठाईदिनसमेत अनुरोध गरिएको छ।

यी हुन् हराइरहेका प्राधिकरणका कर्मचारी-

१. बिनोद प्रसाद पाण्डेय (३६ वर्ष) – सहायक प्रबन्धक, मेकानिकल – दशरथचन्द-३, बैतडी
२. दिलीप यादव (४६ वर्ष) – इन्जिनियर, सिभिल – बैरियाबिरटा-३, पर्सा
३. राजेन्द्र ढकाल (३१ वर्ष) – इन्जिनियर, मेकानिकल – दान्डीगुरासे-२, सिन्धुली
४. महेन्द्र बिक्रम शाही (३० वर्ष) – इन्जिनियर, मेकानिकल – सिमा-२, जाजरकोट
५. सन्तोष कुमार ठाकुर (४४ वर्ष) – सहायक इन्जिनियर, इलेक्ट्रिकल – भुमरपुरा-८, महोत्तरी
६. इन्द्र अधिकारी (४३ वर्ष) – सहायक इन्जिनियर, मेकानिकल – बुटवल-६, रुपन्देही
७. ओम प्रकाश चौधरी (४१ वर्ष) – सहायक इन्जिनियर, मेकानिकल – मोहनपुर-५, सप्तरी
८. बिकास यादव (३३ वर्ष) – सुपरभाइजर, सिभिल – पिपरा-३, महोत्तरी
९. रमेश कुमार यादव (३२ वर्ष) – सुपरभाइजर, मेकानिकल – हर्दिया-५, बारा
१०. सानु बहादुर श्रेष्ठ (५५ वर्ष) – सुपरभाइजर, मेकानिकल – बिदुर-९, नुवाकोट
११. आइता तामाङ (४९ वर्ष) – सुपरभाइजर, मेकानिकल – चालाल-८, काभ्रेपलाञ्चोक
१२. हरि बहादुर बोगटी (५७ वर्ष) – फोरम्यान, इलेक्ट्रिकल – कल्याणपुर-४, नुवाकोट
१३. खगेन्द्र मगरती (३९ वर्ष) – फोरम्यान ड्राइभर – कमलामाई-६, सिन्धुली
१४. सूर्य बहादुर के.सी. (३७ वर्ष) – फोरम्यान, मेकानिकल – नयागाउँ-३, प्युठान
१५. रबिना तुलसीबाख्यो (३१ वर्ष) – फोरम्यान, सिभिल – भक्तपुर-८, भक्तपुर
१६. रमिला भण्डारी (३४ वर्ष) – फोरम्यान, मेकानिकल – खुदी-१, लमजुङ
१७. कुमार बहादुर राउत (५७ वर्ष) – ड्राइभर – जोगिमार-८, धादिङ
१८. अमर कान्त चौधरी (४१ वर्ष) – जुनियर मिस्त्री – बर्माझिया-८, सप्तरी
१९. नारायण प्रसाद अर्जेल (५७ वर्ष) – इलेक्ट्रिसियन – त्रिशूली-१, नुवाकोट
२०. सुदीप कुमार श्रेष्ठ (३९ वर्ष) – जुनियर मिस्त्री – बिदुर-४, नुवाकोट
२१. तेज बहादुर जिरेल (४८ वर्ष) – फोरम्यान, मेकानिकल – जिरी-१, दोलखा
२२. जिब लाल अधिकारी (४२ वर्ष) – सुपरभाइजर, मेकानिकल – गजेहडा-९, कपिलवस्तु
२३. तिल बहादुर राना (५३ वर्ष) – सहायक इन्जिनियर, मेकानिकल – बिर्घा अर्चाले-९, स्याङ्जा
२४. किर्त सिंह बिष्ट (४४ वर्ष) – सुपरभाइजर, इलेक्ट्रिकल – दिपायल सिलगढी-१३, डोटी
२५. निराज बाबु रेग्मी (४३ वर्ष) – सुपरभाइजर, मेकानिकल – हुँगी-३, पाल्पा
२६. झपट बहादुर घर्ती – दैनिक ज्यालादारी – चिती, लमजुङ
२७. अस्मिता लामा – दैनिक ज्यालादारी – इन्द्रसरोवर-१, मकवानपुर
२८. शान्ति माया तामाङ – दैनिक ज्यालादारी – (ठेगाना उल्लेख छैन)
२९. सोम लाल गोले – दैनिक ज्यालादारी – थाहा-५, मकवानपुर
३०. राधिका भुजेल – दैनिक ज्यालादारी – चिती, लमजुङ
३१. माया मिजर – दैनिक ज्यालादारी – (ठेगाना उल्लेख छैन)
३२. राम शरण न्यौपाने (४४ वर्ष) – सेवा करार (नेपाल एक्स) – किस्पाङ-५, नुवाकोट
३३. सन्तोष तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३४. रोशनी तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३५. मिलन तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३६. कामन सिंह तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३७. सुशन भट्टराई – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
३८. दिपक रिमाल (३८ वर्ष) – ड्राइभर (सेवा करार) – किस्पाङ-५, नुवाकोट
३९. राज कुमार भट्टराई – सेवा करार (इन्फोटेक) – (ठेगाना उल्लेख छैन)
४०. कान्छी गुरुङ चौधरी – सेवा करार (इन्फोटेक) – (ठेगाना उल्लेख छैन)
४१. सर्मिला अधिकारी (४६ वर्ष) – हेल्पर, इलेक्ट्रिकल – खड्का भञ्ज्याङ-७, नुवाकोट
४२. गोबिन्द भण्डारी – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
४३. हर्क बहादुर तामाङ – सेवा करार (गोरखाली योद्धा) – (ठेगाना उल्लेख छैन)
४४. लाक्पा लामा – दैनिक ज्यालादारी – (ठेगाना उल्लेख छैन)
४५. मीना शाह धिताल – सेवा करार (नेपाल सेक्युरिटी) – (ठेगाना उल्लेख छैन)
४६. निराजन पंगेनी (३७ वर्ष) – इन्जिनियर – सौ. फर्साटिकर-३, रुपन्देही
४७. तुलसी प्रसाद भट्ट – सुरक्षा गार्ड (लक्ष्मी कृष्ण सेक्युरिटी) – मनकामना-९, नुवाकोट

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ८ : १६ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा