नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत « Khabarhub

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत


२० भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले विजयी सुरुआत गरेको छ ।

आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न खेलमा मधेस वारियर्सलाई ३–२ अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुआत गरेको हो ।

खेलमा मधेसले पहिलो सेट २५–२० ले जित्दै १–० को अग्रता बनाएको थियो । काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २६–२४ तथा तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो ।

मधेसले चौथो सेट २५–२२ ले जित्दै खेलमा रोमाञ्चकता थप्यो । निर्णायक पाँचौँ सेटमा काठमाडौँ १६–१४ ले विजयी भयो । जारी प्रतियोगितामा मधेस वारियर्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ऊ सगरमाथा स्म्यासर्सविरुद्ध ३–१ सेटले पराजित भएको थियो ।

जारी लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेता टिमले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ८ : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको