नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत « Khabarhub

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले विजयी सुरुआत गरेको छ ।

आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न खेलमा मधेस वारियर्सलाई ३–२ अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुआत गरेको हो ।

खेलमा मधेसले पहिलो सेट २५–२० ले जित्दै १–० को अग्रता बनाएको थियो । काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २६–२४ तथा तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्‍यो ।

मधेसले चौथो सेट २५–२२ ले जित्दै खेलमा रोमाञ्चकता थप्यो । निर्णायक पाँचौँ सेटमा काठमाडौँ १६–१४ ले विजयी भयो । जारी प्रतियोगितामा मधेस वारियर्सको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ऊ सगरमाथा स्म्यासर्सविरुद्ध ३–१ सेटले पराजित भएको थियो ।

जारी लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । भदौ २७ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेता टिमले रु २० लाख पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ८ : ३९ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा