युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन « Khabarhub

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताएका छन् ।

“उहाँहरूले राष्ट्रपति पुटिनसँग भेट वार्ता गर्नुहुनेछ । सामान्यतया विगतमा यस्ता भेटहरू निकै लामो हुने गरेका छन् । हामी पर्खेर हेरौँ। यसबारे हामी छिट्टै तपाइहरूलाई जानकारी गराउनेछौँ,” पेस्कोभले पत्रकारसँगको कुराकानीमा भने ।

पेस्कोभले समाधान प्रस्तावबारे अनुमान नलगाउन आग्रह गर्दै पुटिन र अमेरिकी वार्ताकारहरूबीचको भेटको परिणाम पर्खन आग्रह गरे ।

विट्कफ र कुश्नर शनिबार स्थानीय समयअनुसार दिउँसो १२ः५२ बजे मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गरेका थिए । उनीहरूलाई विमानस्थलमा रूसका विशेष राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले स्वागत गरे ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार विहानै रूसले किएभ र त्यसको दक्षिण–पूर्वी उपनगर बोरिस्पिलका विमानस्थलमा आक्रमण गरेको बताएपछि पेस्कोभको भनाइ आएको हो।

जेलेन्स्कीले युक्रेनले रूसी कदमलाई ध्यानमा राखेको र अर्को साता रूसी हवाई क्षेत्रसम्बन्धी आफ्ना कारबाहीलाई पुनरावलोकन गर्ने बताउनुभयो ।

जेलेन्स्कीले बिहीबार नै ट्रम्पका दूतहरूसँग युक्रेनी राजधानीमा आगामी दिनमा भेट्ने अपेक्षा गरिएको बताउनुभएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ९ : १५ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६