दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर) « Khabarhub

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन्। यस वर्षको पहिलो लटमा डोल्पाबाट च्याङ्ग्रा लिएर व्यापारी मीनप्रसाद बोहरा पोखरा आइपुगेका छन्।

विगत तीन वर्षदेखि भेडा–च्याङ्ग्राको व्यापार गर्दै आएका बोहराले यस वर्ष पहिलोपटक एक सय वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याएका हुन्। उनले पोखरा ल्याएको च्याङ्ग्रामध्ये पहिलो दिनमै ३० वटा बिक्री भइसकेको बताए ।

व्यापारीहरूका अनुसार यस वर्ष मुस्ताङ, बझाङ, हुम्ला, सुर्खेत, डोल्पालगायत हिमाली तथा पहाडी क्षेत्रबाट करिब १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा पोखरा भित्रिने अनुमान गरिएको छ।

डोल्पाबाट ल्याइएका च्याङ्ग्राको मूल्य प्रतिगोटा २१ हजारदेखि ४० हजार रुपैयाँसम्म रहेको व्यापारी बोहराले बताए । उनका अनुसार भेडाको मूल्य भने च्याङ्ग्राको तुलनामा केही कम हुने गरेको छ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : ३३ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा