दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर) « Khabarhub

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन्। यस वर्षको पहिलो लटमा डोल्पाबाट च्याङ्ग्रा लिएर व्यापारी मीनप्रसाद बोहरा पोखरा आइपुगेका छन्।

विगत तीन वर्षदेखि भेडा–च्याङ्ग्राको व्यापार गर्दै आएका बोहराले यस वर्ष पहिलोपटक एक सय वटा भेडा–च्याङ्ग्रा पोखरा ल्याएका हुन्। उनले पोखरा ल्याएको च्याङ्ग्रामध्ये पहिलो दिनमै ३० वटा बिक्री भइसकेको बताए ।

व्यापारीहरूका अनुसार यस वर्ष मुस्ताङ, बझाङ, हुम्ला, सुर्खेत, डोल्पालगायत हिमाली तथा पहाडी क्षेत्रबाट करिब १० हजारभन्दा बढी भेडा–च्याङ्ग्रा पोखरा भित्रिने अनुमान गरिएको छ।

डोल्पाबाट ल्याइएका च्याङ्ग्राको मूल्य प्रतिगोटा २१ हजारदेखि ४० हजार रुपैयाँसम्म रहेको व्यापारी बोहराले बताए । उनका अनुसार भेडाको मूल्य भने च्याङ्ग्राको तुलनामा केही कम हुने गरेको छ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : ३३ बजे

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा