भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी « Khabarhub

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको १५औँ महाधिवेशनमा भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

केरुङले कोशी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जानकारी दिएका छन् । उनी कांग्रेसभित्र महामन्त्री गगन थापा पक्षधर नेताका रूपमा चिनिन्छन् । प्रतिनिधिसभामा नियमितजसो उपस्थित हुँदै आएका केरुङ यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

केरुङ पाँचथर कांग्रेसको सभापति दुई कार्यकाल सम्हालिसकेका नेता हुन् । यसपटक उनले भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

पाँचथरबाटै कांग्रेस नेता भीष्मराज आङ्देम्बेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । आङ्देम्बेले भने खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ ।

आङ्देम्बेले उपसभापति पदमा समेत दाबी प्रस्तुत गरेको चर्चा भए पनि संसदीय दलका नेताका रूपमा उनको भूमिका रहेकाले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने सम्भावना बढी रहेको कांग्रेस नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : २८ बजे

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि