भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी « Khabarhub

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो ।

आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिए । 

उनका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्णरूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिए । 

आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरेको छ ।

आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण समेत गरे ।
 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ३१ बजे

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि