कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी « Khabarhub

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चौधरीले कांग्रेसको उपसभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट निर्वाचित भएका थिए।

व्यवसायिक पृष्ठभूमिका चौधरी यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्थे। पछिल्लो समय भने विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई स्वीकार गर्दै उनी सभापति गगन थापासँग नजिकिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा आकांक्षीहरू बढिरहेका बेला चौधरीले उपसभापतिमा दाबी घोषणा गरेका हुन्। उनको उम्मेदवारीसँगै उपसभापति पदमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ३१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४