कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी « Khabarhub

कांग्रेस उपसभापतिमा विनोद चौधरीको दाबी


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चौधरीले कांग्रेसको उपसभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट निर्वाचित भएका थिए।

व्यवसायिक पृष्ठभूमिका चौधरी यसअघि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट मानिन्थे। पछिल्लो समय भने विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई स्वीकार गर्दै उनी सभापति गगन थापासँग नजिकिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका विभिन्न पदमा आकांक्षीहरू बढिरहेका बेला चौधरीले उपसभापतिमा दाबी घोषणा गरेका हुन्। उनको उम्मेदवारीसँगै उपसभापति पदमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १२ : ३१ बजे

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि