कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य « Khabarhub

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री रहने व्यवस्था गर्ने भएको छ। तीमध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनमार्फत महामन्त्रीको संख्या तीन पुर्‍याउने निर्णय गरेको हो। तीनमध्ये कम्तीमा एकजना महिला महामन्त्री हुनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय समितिले गरेको निर्णयलाई पार्टीको बन्दसत्रमा प्रस्तुत गरिनेछ। बन्दसत्रबाट अनुमोदन भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।

यससँगै कांग्रेसको आगामी महाधिवेशनबाट तीन महामन्त्री निर्वाचित हुनेछन्। महामन्त्रीमध्ये एक पद महिलाका लागि सुनिश्चित हुने भएकाले पार्टीको केन्द्रीय नेतृत्वमा महिलाको प्रतिनिधित्व बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ०२ बजे

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।