कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य « Khabarhub

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री रहने व्यवस्था गर्ने भएको छ। तीमध्ये एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनमार्फत महामन्त्रीको संख्या तीन पुर्‍याउने निर्णय गरेको हो। तीनमध्ये कम्तीमा एकजना महिला महामन्त्री हुनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय समितिले गरेको निर्णयलाई पार्टीको बन्दसत्रमा प्रस्तुत गरिनेछ। बन्दसत्रबाट अनुमोदन भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।

यससँगै कांग्रेसको आगामी महाधिवेशनबाट तीन महामन्त्री निर्वाचित हुनेछन्। महामन्त्रीमध्ये एक पद महिलाका लागि सुनिश्चित हुने भएकाले पार्टीको केन्द्रीय नेतृत्वमा महिलाको प्रतिनिधित्व बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ०२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४