काठमाडौं- नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्याउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विभिन्न क्लस्टरबाट प्रतिनिधित्व हुने गरी १५ जना सहमहामन्त्री रहने व्यवस्था गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार दुई जना सहमहामन्त्री खुलातर्फबाट निर्वाचित हुनेछन् भने सभापतिले चार जना मनोनित गर्न पाउनेछन्।
सभापतिबाट मनोनित हुने चार सहमहामन्त्रीमध्ये कम्तीमा एकजना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै एकजना सहमहामन्त्री अल्पसंख्यक समुदायबाट थप गर्ने निर्णय भएको छ।
अन्य सहमहामन्त्रीका लागि भने यसअघि कायम रहेको क्लस्टरगत प्रतिनिधित्वको व्यवस्था निरन्तर रहनेछ।
यसैगरी कांग्रेसले कोषाध्यक्ष पदमा केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिने निर्णय गरेको छ।
केन्द्रीय समितिले गरेको विधान संशोधनसम्बन्धी निर्णय पार्टीको बन्दसत्रमा प्रस्तुत गरिनेछ।














प्रतिक्रिया