व्यापार तनाव घटाउन ईयू–चीन वार्त « Khabarhub

व्यापार तनाव घटाउन ईयू–चीन वार्त


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन् । इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ ।

सन् २०२५ मा चीनसँग इयुको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको थियो । चीनबाट विद्युतीय तथा हाइब्रिड कार, मेसिनरी, कपडा, धातु र रसायनलगायत वस्तुको आयात बढिरहेकाले इयुले युरोपेली उद्योगको संरक्षणका उपाय अघि बढाइरहेको छ ।

गत जुनदेखि जारी वार्तामा इयुले चिनियाँ आयात व्यवस्थापन, चीनमा युरोपेली निर्यात बढाउने तथा दुर्लभ पृथ्वीलगायत महत्त्वपूर्ण सामग्रीको निर्यातलाई सहज र पूर्वानुमानयोग्य बनाउने विषयमा प्रगति चाहेको छ । 

इयुले हाइब्रिड कारलगायत चिनियाँ उत्पादनमा स्वैच्छिक निर्यात सीमा तोक्ने विकल्प पनि अघि सारेको छ । तर चीनले आयात कोटा वा कडा प्रतिबन्धको विरोध गर्दै आएको छ ।

यसैबीच, इयुले चीनमाथिको निर्भरता घटाउन आपूर्तिकर्ता विविधीकरण तथा आफ्ना उद्योगको संरक्षणका लागि नयाँ व्यापारिक उपाय तयार गरिरहेको छ । बेइजिङले भने इयुका ‘भेदभावपूर्ण प्रतिबन्धात्मक उपाय’ विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

विज्ञहरूले यस साताको वार्ताबाट समग्र व्यापार सम्बन्धमा ठूलो उपलब्धिभन्दा विशिष्ट विषयमा सहमति हुन सक्ने बताएका छन् । जर्मन मार्शल फन्डकी पेनी नासले इयुसँग चीनबाट आएको चुनौती सामना गर्न थप आक्रामक कदम चाल्ने क्षमता भए पनि त्यसका लागि राजनीतिक इच्छाशक्ति कति छ भन्ने प्रश्न बाँकी रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ४० बजे

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस