अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा « Khabarhub

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन् ।

फिजीको नाडीमा जारी ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्मिने, कम जन्मतौल तथा मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको विषय उठाउनेछन्।

पाँच महाद्वीपका स्वास्थ्यकर्मीमाझ गरिएको नयाँ सर्वेक्षणलाई उद्धृत गर्दै स्टिलले पछिल्ला पाँच वर्षमा दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले अत्यधिक गर्मीका कारण गर्भवती महिला र नवजात शिशुमा स्वास्थ्यसम्बन्धी जटिलता देखेको बताउनेछन्।

वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सकमाझ गरेको सर्वेक्षणमा लगभग सबै सहभागीले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन्।

वेलकम फाउन्डेसनकी अध्यक्ष तथा अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले जलवायु परिवर्तनका कारण आमा र बच्चा बढ्दो जोखिममा रहेको बताए। उनले अत्यधिक गर्मीलाई ‘अदृश्य हत्यारा’ को संज्ञा दिँदै यसका प्रभावबारे आवश्यक प्रमाण र समाधान उपलब्ध रहेकाले विश्व नेताहरूले तत्काल कदम चाल्नुपर्ने बताए।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसमका घटना तथा तापक्रमका नयाँ कीर्तिमान बढिरहेको चेतावनी दिँदै आएका छन्। एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल क्षेत्र र मध्य अमेरिकासम्मका करिब ३३ देशमा जुलाईको तापक्रम रेकर्ड राख्न थालिएयताकै उच्च बनेको थियो।

फिजीमा भइरहेको प्रि–कोप ३१ तथा टुभालुमा जारी बैठकलाई प्रशान्त क्षेत्रका नेताहरूले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका समुदायका समस्या विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

यी बैठक आगामी महिना टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ को तयारीका रूपमा आयोजना भइरहेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ५९ बजे

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन