अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा « Khabarhub

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन् ।

फिजीको नाडीमा जारी ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्मिने, कम जन्मतौल तथा मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको विषय उठाउनेछन्।

पाँच महाद्वीपका स्वास्थ्यकर्मीमाझ गरिएको नयाँ सर्वेक्षणलाई उद्धृत गर्दै स्टिलले पछिल्ला पाँच वर्षमा दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले अत्यधिक गर्मीका कारण गर्भवती महिला र नवजात शिशुमा स्वास्थ्यसम्बन्धी जटिलता देखेको बताउनेछन्।

वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सकमाझ गरेको सर्वेक्षणमा लगभग सबै सहभागीले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन्।

वेलकम फाउन्डेसनकी अध्यक्ष तथा अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले जलवायु परिवर्तनका कारण आमा र बच्चा बढ्दो जोखिममा रहेको बताए। उनले अत्यधिक गर्मीलाई ‘अदृश्य हत्यारा’ को संज्ञा दिँदै यसका प्रभावबारे आवश्यक प्रमाण र समाधान उपलब्ध रहेकाले विश्व नेताहरूले तत्काल कदम चाल्नुपर्ने बताए।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसमका घटना तथा तापक्रमका नयाँ कीर्तिमान बढिरहेको चेतावनी दिँदै आएका छन्। एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल क्षेत्र र मध्य अमेरिकासम्मका करिब ३३ देशमा जुलाईको तापक्रम रेकर्ड राख्न थालिएयताकै उच्च बनेको थियो।

फिजीमा भइरहेको प्रि–कोप ३१ तथा टुभालुमा जारी बैठकलाई प्रशान्त क्षेत्रका नेताहरूले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका समुदायका समस्या विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

यी बैठक आगामी महिना टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ को तयारीका रूपमा आयोजना भइरहेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ५९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४