चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह « Khabarhub

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन वर्तमान सरकार निजी व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री साहले सरकार जनतासँगै निजी क्षेत्रसँग पनि उत्तरदायी रहेकाले सहकार्यका लागि तयार रहेको बताएका हुन् । 

चिनी उद्योगहरू बन्द हुने अवस्थामा रहे पनि कसैको चिन्ता नदेखिएको भन्दै उनले चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा सट्टा स्वदेशी उत्पादन र कृषि पारिस्थितिकी प्रणालीलाई जोड्न सुझाव दिए ।

चिनी उद्योगका लागि जग्गा दिने तर उत्पादनमा ध्यान नदिने प्रवृत्ति पनि नीतिगत भ्रष्टाचार भएको उनको भनाइ छ । उनले ग्याँस र पेट्रोलियम पदार्थको आपूर्तिमा हुने अवरोध युक्रेन–रूस र इरान–अमेरिका द्वन्द्व जस्ता बाह्य कारणले भएकाले बाह्य आयातमा मात्र भर नपरी स्वदेशी बिजुली र ब्रिकेटको प्रयोग बढाउनुपर्ने बताए ।

उनले आवश्यक नीति बनाएर दीर्घकालीन रुपमा ग्यासको सहज आपूर्ति र वितरण गर्न मन्त्रालयले आवश्यक काम सुरु गरिसकेको जानकारी दिए ।

बैठकमा व्यवसायीहरूले औद्योगिक विकास क्षेत्रका जग्गाहरू रहे पनि प्राप्त गर्न असहज भएको गुनासो गरेका थिए ।

उनीहरूले उद्योग सञ्चालनका लागि विद्युत् आपूर्ति भरपर्दो बनाउन समेत आग्रह गरेका थिए । बैठकले औद्योगिक करिडोरका लागि जग्गा व्यवस्थापनको समस्या समाधान गर्न उद्योग मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ५ : ४२ बजे

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको