तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल « Khabarhub

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज मोडलहरू अपनाएर जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न वायुसेवा निगमको व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले तत्कालै नयाँ जहाज किन्न सम्भव नभएको भन्दै लिजमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन दिइसकेको बताएका हुन् । 

नेपालको पर्यटनलाई अघि बढाउन पनि राष्ट्रिय ध्वजावाहकको दुरावस्था सम्हाल्नुपर्ने भएकाले नयाँ गन्तव्यका लागि जहाजको संख्या थप्नुपर्ने उनले बताए ।

उनले वर्तमान सरकार गठन भएदेखि निगमलाई निर्णय प्रक्रियामा पूर्ण स्वायत्तता प्रदान गरिएको र आकस्मिक अवस्थामा निर्णय गरेर भोलिपल्ट सूचना दिए पनि हुने व्यवस्था मिलाइएको उल्लेख गरे । 

निगम चक्रीय ब्याजदर जस्तै महँगो ऋणको मारमा संस्था परेकाले त्यसलाई सम्बोधन गर्न एउटा मध्यम मार्ग पहिचान गरी ऋण व्यवस्थापन गर्ने निर्णयप्रति सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्री पौडेलले हाल नेपालको करिब १५० अर्बको उड्डयन बजारमा नेपाल एयरलाइन्सको हिस्सा २० प्रतिशत भन्दा कम रहेकोमा, सामान्य मिहिनेत र जहाज थपेर यसलाई सजिलै ५० प्रतिशत सम्म पुर्‍याउन सकिने आकलन रहेको धारणा राखे ।

उनले आवश्यकता अनुसार नेपाल एयरलाइन्सको सुधारका लागि सार्वजनिक–निजी साझेदारी मोडलमा जान सकिनेबारे पनि प्रधानमन्त्रीसँग छलफल भएको उल्लेख गरे । 

संस्था नाफा कमाएर बोनस वा लाभांश बाँड्नका लागि मात्र नभई राष्ट्रिय दायित्व बोकेको संस्था भएकाले कर्मचारीहरूले नियत सफा राखेर काम गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ६ : ०० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४