निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल « Khabarhub

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा राजनीतिक हस्तक्षेपका कारण निगम धराशायी बन्दै गएको जानकारी दिए । 

सांसदले निगमले भोग्नुपरेका चुनौती र समाधानका पक्षमा आआफ्नो सुझाव र जिज्ञासा राखेका थिए । निगमका बारेमा राखेको जिज्ञासाबारे मन्त्री पौडेलले जानकारी दिएका थिए । मन्त्री पौडेलले वर्तमान सरकारले निगमलाई पूर्ण रुपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता दिएको प्रष्ट पारे। 

‘स्वायत्तता पाउँदा कर्मचारीहरुले नतिजा दिन सक्छन्’, उनले भने।

निगमको नाफा घाटा मात्रै नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साँख जोगाउनु राज्यको दायित्व रहेको बताए। बैठकमा समितिका सभापति सुम्नीमा उदासले छलफल पश्चात निर्देशनात्मक सुझाव दिइने र त्यसैअनुसार निगमको व्यवस्थापकले कार्य सम्पादन गर्नुपर्ने प्रष्ट पारे ।
 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ६ : ३४ बजे

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको